कांग्रेस देउवा समूहको महाधिवेशन पनि खुलामञ्चमा

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले पार्टीको महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । महाधिवेशनका लागि काठमाडौं  महानगरपालिकासँग राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि मागेर पत्राचार गरिएको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

समूहले आगामी मंसिर २१ देखि २३ मंसिरसम्मका लागि महाधिवेशनको मिति तय गरेको छ । अहिले समूहले प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइन्छ । यसअघि कांग्रेस संस्थापनले पनि १५ औँ महाधिवेशन खुलामञ्चमा गरेको थियो ।

तिवारीका अनुसार महाधिवेशनको स्थान माग गर्दै लेखिएको पत्र लगेर सम्पर्क कार्यालय चुनदेवीका कर्मचारी अमृत कार्की महानगरपालिकाको कार्यालयमा बिहीबार पुगेका थिए । महानगरले महाधिवेशनका लागि अनुमति दिएको छ ।

समूहले महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा महाधिवेशनका लागि बुक गरेको छ । महाधिवेशन उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ । मतदानको लागि सभागृह र खानाको लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गर्नका लागि बुक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर