एनपीएलअन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
एनपीएलको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया
