स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने गगन थापाको दावी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नेतृत्वमा आउनुको मुख्य कारण कर्म गर्न आएको बताएका छन् । साङ्जा जिल्लाको पुतलीबजार नगरपालिका –१ स्थित जिल्ला पार्टी कार्यालयमा आज सोमबार आयोजित स्वागत एवं कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले पार्टीमा आफ्नो स्वार्थ नभएको र चमत्कार नै गर्न पनि नसक्ने बताए ।

नेपाली कांग्रेसमा चार पुस्ता रहेको बताउँदै थापाले आफूभन्दा ३० वर्ष जेठा र ३० वर्ष कान्छा नेता कार्यकर्ता मिलाएर लैजाने जिम्मा आफ्नो काँधमा आएको बताए । आफू सभापतिमा निर्वाचित भएसँगै पहिलो पल्ट सार्वजनिक रूपमा आज बोलेको बताउँदै थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको केन्द्रसम्म धेरै नेतृत्वविहीन भएको र सबैलाई जिम्मेवारी दिएर पार्टीलाई मिलाएर लाने बताए ।

आन्तरिक प्रतिस्पर्धामा पराजित भएर नेतृत्वमा जान नपाउने भन्ने नहुने बताउँदै थापाले काम गर्छु भन्नेले जिम्मवारी पाउने बताए । पार्टीले गत निर्वाचनमा मत गुमाएको नभइ विश्वास गुमाएको भन्दै सभापति थापाले विश्वासलाई पुनःस्थापित गर्न सके मत आफै आउने उनको तर्क रहेको छ । उनले पुस र माघ महिनामा चुनावको वातावरण बनाउने बताउँदै थापाले विधानबमोजिम टिकट वितरण हुने बताए । पार्टीमा छुटेकालाई एक बनाउँदै जाने तथा स्थानीय र प्रदेश निर्वाचनमा पार्टी पहिलो बन्ने उनको दावी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर