आज कात्तिक ९ गते सोमबारको राशीफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ​कार्यक्षेत्रमा सहकर्मीबाट सामान्यतया राम्रो साथ पाइनेछ। नयाँ सम्झौता वा साझेदारीका लागि दिन अनुकूल रहेको छ। साँझतिर परिवारका सदस्यसँग बसेर भविष्यको योजनाबारे कुरा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) ​​​​व्यापार व्यवसायमा आज सोचेभन्दा राम्रो बिक्री हुनेछ। लामो समयपछि पुराना साथीसँग भेटघाट वा फोनमा कुरा हुनेछ। दिनभरको व्यस्ततापछि साँझको विश्रामले पूर्ण स्फुर्ती दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन :  (का, कि, कु, घ, ङ, छ, के, को, हा) ​​​आर्थिक कारोबार गर्दा हिसाबकिताब स्पष्ट राख्नुहोला। घरको सानोतिनो मर्मत वा सजावटमा समय खर्च हुनेछ। अध्ययन र अनुसन्धानको क्षेत्रमा नयाँ सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ​​​​आत्मीय व्यक्तिबाट विशेष स्नेह र ढाडस प्राप्त हुनेछ। कार्यस्थलमा नयाँ जिम्मेवारी वा पदभार सम्हाल्नुपर्ने हुन सक्छ। छोटा दूरीको रमाइलो यात्रा गर्ने योग बनेको छ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ​​आफ्नो नेतृत्व क्षमताका कारण टोलीलाई सही दिशा दिन सकिनेछ। समाजसेवा वा परोपकारी काममा मन जानेछ। बिहानको हल्का व्यायाम वा हिँडडुलले शरीर स्वस्थ राख्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहकर्मीहरूको सहयोगले कठिन कामहरू पनि सहज बन्नेछन्। विरोधी वा गुप्त शत्रुहरू आफैँ परास्त भएर जानेछन्। सिर्जनात्मक लेखन वा विचार पोख्ने काममा मन रमाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ​​​​एकअर्काप्रतिको समझदारी र मधुरता बढ्नेछ। दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानीको योजना बन्नेछ। घरमा अचानक प्रिय पाहुनाको आगमनले रौनकता थप्नेछ। पुराना विवाद वा असमझदारीहरूबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक:  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ​​​आफ्ना योजनाहरू गोप्य राखेर काम गर्दा सफलता मिल्नेछ। गुरु वा मान्यजनको सल्लाहले सही निर्णय लिन मद्दत गर्नेछ। शरीरलाई स्वस्थ र स्फुर्त राख्न पर्याप्त पानी पिउनुहोला। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ८ रहेको छ ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ​धार्मिक तथा आध्यात्मिक चिंतनमा समय बिताउँदा शान्ति मिल्नेछ। खेलकुद वा शारीरिक सक्रियतामा रुचि बढ्नेछ। दाजुभाइ वा दिदीबहिनीबाट विशेष सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अड्किएको वा रोकिएको धन फिर्ता आउने शुभ संकेत छ। व्यावसायिक छलफल र नयाँ सम्झौताका लागि दिन अनुकूल छ। बाटो काट्दा वा सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ​​वैदेशिक वा टाढाको कामबाट शुभ समाचार सुन्न पाइनेछ। घरको सरसफाइ र व्यवस्थापनमा केही समय बित्नेछ। मनमा सकारात्मक सोच राखेर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ​​ ​एकान्त वा ध्यानबाट मनमा अद्भूत शान्ति प्राप्त हुनेछ। विद्यार्थीहरूले पठनपाठनमा उत्कृष्ट नतिजा हासिल गर्नेछन्। कसैबाट सोचेभन्दा राम्रो उपहार वा सरप्राइज पाइनेछ। बेलुकीपख प्राकृतिक वातावरणमा केही समय टहल्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर