आज कात्तिक १० गते मंगलबारको राशीफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ​सकारात्मक ऊर्जाले भरिपूर्ण रहनु हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर को खोजमा हुनुहुन्थ्यो भने सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) ​​​​मेहनतले सकारात्मक परिणाम मिल्नेछ। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। सानोतिनो कुरालाई वेबास्था गरेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन :  (का, कि, कु, घ, ङ, छ, के, को, हा) ​​​कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा उच्च अधिकारीको साथ मिल्नेछ। सन्तानको करियरलाई लिएर ठूलो धन खर्चका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ​​​​आफ्नो योग्यतालाई विचार गरेर आत्मविश्वासको साथ निर्णय लिनुहोला सफलता मिल्नेछ। कमजोरी पक्षलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।
सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ​​व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्नेछ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)प्रेम र मित्रताको बन्धन कसिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेक‍ो छ। राजकीय मामिलाहरु सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक:  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ​​​नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रलाई सहयोग गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ४ रहेको छ।
मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ​​छिटो सफलताको लागि कानुन विपरीत कार्य नगर्नुहोला। कार्यको सुरुवातीमा आत्मविश्वासी बन्नुहोस्। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ​​ लेखन वा सामाजिक सञ्जालको कार्य बाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर