आज नेप्सेमा सामान्य सुधार, अब कात्तिक ९ गते बजार खुल्ने

काठमाडौं ।  आज शुक्रबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा बन्द भएको छ । हिजो बिहीबार पनि नेप्से ४.६७ अंकले बढेको थियो ।

आज नेप्सेमा कुल ४ अर्ब ८८ करोड रुपैयाँबराबरको कारोबार भएको छ । हिजो बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ६४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये १७४ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ । अब लगातार दसैंको बिदा परेकाले सेयर बजार कात्तिक ९ गते सोमबार मात्रै खुल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर