आज शुक्रबार सुनमा १७ सय र चाँदीमा ११५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ७०० रुपैयाँ र चाँदी ११५ रुपैयाँले महंगो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइहरेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलाको ११५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया
