आज बिहीबार सुनमा ११ सय र चाँदीमा २ सय २० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार हिजो बुधबारको तुलनामा सुनचाँदीको भाउ सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार सुन प्रति तोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज बिहीबार छापावाल सुनको मूल्य २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबारको तुलना आज बिहीबार सुन तोलामा १ हजार १ सय रुपैयाँ सस्तो भएको हो ।

यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। हिजो बुधबार चाँदी प्रति तोला ४ हजार २ सय ५५ रुपैयाँ कायम भएकोमा आज चाँदी प्रति तोला ४ हजार ३५ रुपैयाँ तोकिएको छ । यसरी हिजोको तुलनामा आज बिहीबार चाँदी प्रति तोला २ सय २० रुपैयाँ सस्तो भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर