लुम्बिनी र सुदूरपश्चिममा मध्यमसम्म वर्षा हुने पूर्वानुमान

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार सो दिन देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थनमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सो दिन देशको हिमाली भूभागका थोरै स्थानमा, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले  जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर