नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अंकले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अंकले बढेर १८१ दशमलव ६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अंकले बढेर १६० दशमलव ६८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर रु  चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१  खरिदबिक्री भएका छन् ।  तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन् । आज १८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो । त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर