आज बुधबार सुन तोलामा २७ सय र चाँदीमा १ सय रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार हिजो मंगलबारको तुलनामा सुनचाँदीको भाउ सते भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रति तोला २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज बुधबार छापावाल सुनको मूल्य २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबारको तुलना आज सुन प्रति तोला २ हजार ७ सय रुपैयाँ सस्तो भएको हो ।
यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ। हिजो मंगलबार चाँदी प्रति तोला ४ हजार ३ सय ५५ रुपैयाँ कायम भएकोमा आज चाँदी प्रति तोला ४ हजार २ सय ५५ रुपैयाँ तोकिएको छ । यसरी हिजोको तुलनामा आज बुधबार चाँदी प्रति तोला १ सय रुपैयाँ सस्तो भएको छ ।
प्रतिक्रिया
