आज बिहीबार सुनको मूल्य बढ्यो भने चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले बढेको छ ।
हिजो बुधबार सुन प्रति तोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्यमा भने ३५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो बुधबार चाँदी तोलाको ४ हजार ३ सय ५५ रुपैयाँ थियो ।
प्रतिक्रिया
