आज बुधबार सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउ प्रति तोला ८ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९२ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो मंगलबार सुन प्रति तोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज बुधबार चाँदीको पनि मूल्य बढेको छ। मंगलबार प्रति तोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आजको दिनमा तोलामा चार हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य हिजो दिनको तुलनामा प्रति तोला १० रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
