आज असोज १९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८१ पैसा र बिक्रीदर १५४ रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ०९ पैसा र बिक्रीदर १७३ रुपियाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ६८ पैसा र बिक्रीदर २०४ रुपियाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ५९ पैसा र बिक्रीदर १८६ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ९७ पैसा र बिक्रीदर १०७ रुपियाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९३ पैसा र बिक्रीदर १०८ रुपियाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ २२ पैसा र बिक्रीदर १२० रुपियाँ ६९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ९४ पैसा र बिक्रीदर २३ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९७ पैसा र बिक्रीदर ४१ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २२ पैसा र बिक्रीदर ४२ रुपियाँ ३८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ४५ पैसा र बिक्रीदर ११ रुपियाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३१ पैसा र बिक्रीदर १५ रुपियाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १६ पैसा र बिक्रीदर २३ रुपियाँ २५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ९६ पैसा बिक्रीदर ४०९ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपियाँ ०७ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
