राष्ट्र बैंकले १ रुपैयाँ दरका नयाँ सिक्का छाप्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकले इच्छुक तथा योग्य कम्पनीलाई सिक्का डिजाइन, छपाइ तथा आपूर्तिका लागि बोलपत्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ । इच्छुक कम्पनीले आगामी नोभेम्बर २ तारिखसम्म राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्रमा सहभागी हुने योग्य कम्पनीले २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी राख्नुपर्नेछ ।
राष्ट्र बैंकले छनोट गर्ने कम्पनीले १ रुपैयाँ दरका सिक्काको डिजाइन तयार गर्नेदेखि छपाइ र आपूर्तिसम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ । नयाँ सिक्का बजारमा आएपछि प्रचलनमा रहेका १ रुपैयाँ दरका सिक्कामा थप आपूर्ति हुने अपेक्षा गरिएको छ ।

