आज आइतबार सुनमा २९ सय र चाँदीमा ६० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजार आज आइतबार अस्ति शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६०  ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर