आज बिहीबार सुनचाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
हिजो बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज बिहीबार चाँदीको मूल्य स्थिर छ। हिजो बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
