आज बुधबार नेप्से परिसूचक ४.८२ अंकले घट्यो

काठमाडौं । यो साता निरन्तर ओरालो लागेको सेयर बजार आज बुधबार पनि घटेर बन्द भएको छ। अघिल्लो दिन एकल अंकले घटेको बजार आज पनि एकल अंकले घटेको छ।

आज बुधबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा झरेको छ। आज १५७ कम्पनीको सेयर मूल्य घट्दा १०९ कम्पनीको बढेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.०२ अंकले घटेर ४६४.६३ विन्दुमा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक घट्दा तीन उपसमूहको सूचक बढेको छ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने साढे ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। बुधबार ३५२ कम्पनीका १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४७ हजार ९०० पटक खरिद–बिक्री भएका छन्। दिनभरको कारोबारमा कुल ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर