आज बुधबार सुनमा २८ सय र चाँदीमा ३० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज बुधबार हिजो मंगलबारको तुलनामा सुनको भाउ तोलामा २८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार सुन तोलाको २ लाख ९० अजार ५ सय रुपेयाँमा किनबेच भएको थियो ।
यस्तै, आज बुधबार मंगलबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार हिजो मंगलबार चाँदी तोलाको ४ हजार ३ सय ९५ रुपैयाँ रहेकोमा आज ४ हजार ४ सय २५ रुपैयाँ निर्धारण गरिएको छ । आजको यो मूल्य हिजो मंगलबारको प्रति तोला ३० रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
