आज मंगलबार पनि सेयर बजारमा गिरावट

काठमाडौं ।  सेयर बजारमा आज  मंगलबार दोस्रो दिन पनि गिरावट आएको छ। हिजो  सोमबार पनि घटेको नेप्से परिसूचक आज दोहोरो अंकनजिकले घट्दै २६०३ विन्दुमा झरेको हो।

आज  मंगलबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेको छ। सोमबार पनि नेप्से घटेको थियो। आज १९९ कम्पनीको सेयर मूल्य घट्दा ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.०१ अंकले घटेर ४६६.६५ विन्दुमा पुगेको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घटेको छ भने दुई उपसमूहको सूचक बढेको छ। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम साढे ४ अर्ब रुपैयाँमा सीमित भएको छ।

आज  मंगलबार ३६३ कम्पनीका १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ५१ हजार २७४ पटक खरिद–बिक्री भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर