आज सोमबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रति तोला २ लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। हिजो आइतबार भने सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर