आज बिहीबार नेप्से परिसूचकमा ११.७७ अंक वृद्धि
काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
यस्तै, सेन्सेटिभ इन्डेक्स १.५५ अंकले बढेर ४६९.०१ विन्दुमा पुगेको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढ्दा एउटा उपसमूहको परिसूचक घटेको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५१ हजार ७१६ पटक खरिद–बिक्री भएका छन्। कुल कारोबार रकम ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँ रहेको छ।
प्रतिक्रिया
