विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हाल प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएका श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर