आज बिहीबार सुनमा २३ सय र चाँदीमा ६० रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ।
आज बिहीबार छापावाल सुन प्रति तोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको थियो।
यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोलामा ६० रुपैयाँ घटेर ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया
