ब्रिक्सप्रति ग्लोबल साउथका देशहरूको विश्वासमा वृद्धि : मोदी

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन् । नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको शिखर सम्मेलनका क्रममा मोदीले यस्तो बताएका हुन् ।

‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढेको छ । किनकि यहाँ उनीहरूको आवाज सुनिन्छ, उनीहरूका अनुभवलाई सम्मान गरिन्छ र उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर समाधान तयार गरिन्छ ,’ उनले भने ।

ब्रिक्सको शक्ति विविधता र सहकार्यमा निहित रहेको मोदीले बताए । उनले भने,‘हामी फरक-फरक वास्तविकतामा आधारित हुन सक्छौं । तर सहकार्यका माध्यमबाट हामी सँगै अघि बढ्छौँ र सम्पूर्ण मानवताको हितका लागि समृद्ध हुन्छौँ ।’ ब्रिक्स देशहरूको विविधता पहिचानका रूपमा कायम रहनुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर