आज बुधबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँ घटेर प्रति तोला ३ लाख २ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार सुन तोलामा ३ लाख ५ हजार ४ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो मंगलबार चाँदी प्रति तोला ४ हजार ७ सय ९० रुपैयाँ थियो ।
प्रतिक्रिया
