आज आइतबार सुनचाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ घटेको छ । अस्ति शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ३२ सयले घटेको हो । अस्ति शुक्रबार ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी तोलामा ४० रुपैयाँ घटेर ४हजार ७ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
