आज बिहीबार सुनमा ७६ सय र चाँदीमा १४५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। हिजो बुधबार तोलामा आठ हजार आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज सात हजार ६ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख चार हजार नौ सय रुपैयाँ निर्धारण गरिएको। हिजो बुधबार सुन प्रति तोला दुई लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ। हिजो बुधबार प्रति तोला चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार सात सय २५ रुपैयाँ कायम भएको छ। चाँदीको आज मूल्य हिजोको तुलनामा प्रति तोला १४५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर