उपत्यकामा होटल, रेस्टुरेन्ट तथा उद्योगका लागि ग्यास बिक्रीमा रोक

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा होटल, रेस्टुरेन्ट तथा उद्योगका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ ।

निगमका अनुसार घरायसी उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्णय गरिएको हो ।

अब ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगले आवश्यक ग्यास उपत्यकाबाहिरका उद्योगबाट आफैं ढुवानी गरेर ल्याउनुपर्नेछ । निगमका ग्यास विभाग प्रमुख विनीतमणि उपाध्यायले व्यावसायिक प्रयोजनका लागि उपत्यकाबाट ग्यास बिक्री गर्न नदिने निर्णय भएको बताए ।

यो व्यवस्था लागू भएपछि हेटौंडा, चितवन, नवलपरासी लगायतका जिल्लाबाट काठमाडौं ल्याइएका ग्यास सिलिन्डरसमेत उपत्यकामा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न पाइने छैन ।

व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले आफ्नै सवारीसाधन र ढुवानीको व्यवस्था गरी उपत्यकाबाहिरका ग्यास उद्योगबाट ग्यास ल्याउनुपर्ने निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर