बाढीपीडितले कागजात गुमाए पनि बैंकिङ सेवा पाउने

काठमाडौं । बाढीका कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै संस्थासँग रहेको ग्राहकको विवरण ९केवाईसी०, हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गरी वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपत्तिबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा साधन गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न भनेको छ ।

परिपत्रमा ग्राहकको पहिचान संस्थासँग रहेको विवरणसँग भिडाएर पुष्टि भएपछि आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ । साथै, प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर