आज बुधबार सेयर बजार १५ अंकले बढ्यो

काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ ।

आज १९३ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको घटेको छ भने १० कम्पनीको स्थिर रह्यो । सेन्सेटिभ इन्डेक्स पनि ३.०२ अंकले बढेर ४४९.१८ विन्दुमा पुगेको छ ।

१३ उपसूचकमध्ये ११ वटा बढ्दा दुई वटा घटेका छन् । बजारमा ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर ३९ हजार ६७३ पटक कारोबार हुँदा २ अर्ब ९४ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर