आज मंगलबार नेप्सेमा सुधार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेको छ। लगातार घटिरहेको सेयर बजारमा आज सुधार देखिएको हो।

आज नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ। कारोबार भएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.७२ अंकले बढेर ४४६.१६ विन्दुमा पुगेको छ। कारोबार भएका १३ उपसूचकमध्ये १२ उपसूचक बढेका छन् भने एउटा उपसूचक घटेको छ।

परिसूचक बढे पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा कममा सीमित भएको छ। आज ३४१ कम्पनीका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर ४८ हजार ३४१ पटक खरिद–बिक्री हुँदा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार ६३३ रुपैयाँ बराबरको कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर