आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रति तोला ९, ५०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रति तोला ३, १८, ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९, ५०० रुपैयाँले घटेर ३,०९,००० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रति तोला ४७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया
