सुनमा २८ सय वृद्धि, चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुन तोलामा दुई हजार आठ सय रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुन तोलाको तीन लाख १६ हजार सात सय रुपैयाँ थियो ।

यस्तै, आज आइतबार चाँदीको मूल्य भने घटेको छ। अस्ति शुक्रबार चाँदी तोलाको चार हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज एक तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार ६ सय चार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर