आज शुक्रबार सुनमा ३५ सय र चाँदीमा १३० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला ३ हजार ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो बिहीबार सुन प्रति तोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजै बिहीबार पनि सुनको भाउ एकै दिन ९ हजार ३ सय रुपैयाँले बढेको थियो।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रति तोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर