सुनको भाउ स्थिर, चाँदीमा १५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख ६ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रति तोला चार हजार सात सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार सात सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १५ रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार तीन सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
