आज सोमबार २.२५ अंकले घट्यो नेप्से
काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक २.२५ अंकले घटेर २६४१.५८ अंकमा झरेको छ।
सोमबार कारोबार भएका १३ उपसमूहमध्ये ५ समूहको सूचक बढ्दा ८ समूह घटेका छन्। आज रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः १५ प्रतिशत र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ६.६३ प्रतिशतले घटेको छ। सोमबार ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
