आज आइतबार सुनमा ३६ सय र चाँदीमा ५० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन तोलामा तीन हजार ६०० र चाँदीमा ५० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । अस्ति शुक्रबार एक तोला सुनको तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी प्रति तोला चार हजार ७ सय १० रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबार चाँदी तोलाको चार हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसरी आज आइतबार चाँदी तोलामा ५० रुपैयाँ बढेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रति औँस चार हजार ३ सय ७७ अमेरिकी डलर तथा चाँदी प्रति औँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
