आज सुनमा ४६ सय र चाँदीमा ९० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ प्रति तोला चार हजार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख एक हजार ६ सय रुपैयाँमा बिक्रीवितरण भइरहेको छ।

हिजो बिहीबार सुन प्रति तोला तीन लाख ६ हजार दुई सय रुपैयाँमा कारोबारको थियो। यिस्तै हिजो बिहीबार चाँदी तोलाको चार हजार सात सय ५० रुपैयाँमा किनबेच भएको चाँदी आज शुक्रबार चार हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हिजो बिहीबारको तुलनामा प्रति तोला ९० रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार तीन सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर