आज नेप्सेको अंक बढेसँगै कारबार रकम पनि बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको अघिल्लो दिन आज बिहीबार सेयर बजार ८.८१ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६५१.२१ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन बजारमा सामान्य सुधार देखिएको छ।

बिहीबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घटेको छ भने १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। कारोबारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै, माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९९ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको १३.०२ प्रतिशत र घलेम्दी हाइड्रोको ११.९० प्रतिशतले सेयर मूल्य बढेको छ।

बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च अंकको गिरावट देखिएन। कारोबारतर्फ भने उच्च कारोबार गर्ने कम्पनीमा करिब २९ करोड रुपैयाँसम्मको कारोबार भएको छ। उपसमूहतर्फ लगानी र सामूहिक लगानी कोष समूह घटेका छन् भने बाँकी सबै समूहका सूचक बढेका छन्। पछिल्ला केही कारोबार दिनदेखि बजारमा क्रमशः सामान्य सुधारको संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर