आज सुनमा पाँच सय घट्यो भने चाँदीमा पाँच रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ प्रति तोला पाँच सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार सुन प्रति तोला तीन लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । हिजो बुधबार तोलामा चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार चार सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
