आज नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से ०.५५ अंकले बढेर २६४२.४० अंकमा बन्द भएको हो।
यसदिन ३४८ वटा सूचीकृत कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३ वटा उपसूचकमध्ये ५ वटा उपसूचक बढेका छन् भने ८ वटा उपसूचक घटेका छन्।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको ३१ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा माउन्ट एभरेस्ट बैंकका लगानीकर्ता सर्वाधिक कमाउने बनेका छन्। कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, आईसीएफसी फाइनान्सको डिबेञ्चर का इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन्। यसको मूल्य १५ प्रतिशतले घटेको छ।
