आज सुनमा १२ सय र चाँदीमा ३५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन प्रति तोलाको भाउ एक हजार दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख छ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो मंगलबार सुन प्रति तोला तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार चार हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार तीन सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
