आज सुनमा ५६ सय र चाँदीमा ६५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ प्रति तोला पाँच हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला तीन लाख एक हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ ।
अस्ति शुक्रबार सुन प्रति तोला दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । अस्ति शुक्रबार तोलामा चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला ६५ रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार तीन सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
