अन्य तरकारीतर्फ लोकल गाजर प्रतिकिलो १२१० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो तथा सेतो हाइब्रिड मूला ३० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ। तने बोडी ९० रुपैयाँ, मकै बोडी, टाटे सिमी र भटमास कोसा १०० रुपैयाँ, घिउ सिमी लोकल तथा हाइब्रिड ९० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका, लोकल तथा तराई परवर, पाकेको र हरियो डल्लो फर्सी, भिन्डी तथा झिगुनी ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ५० रुपैयाँ तोकिएको छ।
सागपात तथा च्याउतर्फ रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १२० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ कायम भएको छ। यसैगरी कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन ३०० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, जिरीको साग ४०० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले १,४०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, पुदिना ५०० रुपैयाँ, गान्टेमूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ निर्धारण गरिएको छ।
फलफूल तथा मसलाजन्य वस्तुहरूमा फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिडजन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २३० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, लोकलक्रस काँक्रो ४० रुपैयाँ, रुख कटहर र लप्सी ६० रुपैयाँ, लोकल नास्पाती र नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, अमला २८० रुपैयाँ, एभोकाडो ५०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ, हरियो नरिवल १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० रुपैयाँ तोकिएको छ।
साथै, अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो लाम्चो तथा माछे खुर्सानी ७० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १८० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ, सुकेको माछा १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा ३०० रुपैयाँ निर्धारण गरिएको छ।