आज सोमबार सुनमा ८ सय र चाँदीमा ३५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ प्रति तोला आठ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
हिजो आइतबार सुन प्रति तोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।आइतबार तोलामा चार हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
प्रतिक्रिया
