पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो ।
निगमले पेट्रोल प्रति लिटर ३ रुपैयाँ, डिजेल-मट्टितेल ५ रुपैयाँ र हवाई इन्धनमा प्रति लिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ ।
इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रति लिटर १९ रुपैयाँ ६ पैसा बढेर आएको छ ।
प्रतिक्रिया
