आज आइतबार सुनचाँदी दुबैको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रति तोला ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औंस ४ हजार ६३ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
