चार दिनपछि नेप्सेमा हरियाली
काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन शुक्रबार भने सुधारिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ बिन्दुमा पुगेको छ।
आज १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ३ अर्ब ३८ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
यद्यपि शुक्रबारको सुधारका बाबजुद यो साताभर नेप्से समग्रमा ४९ अंकले घटेको छ। बजारमा बैंकिङ, जलविद्युत्, होटल तथा पर्यटनलगायत अधिकांश समूहमा हरियाली देखिएको छ भने निर्जीवन बीमा र व्यापार समूहमा सामान्य गिरावट आएको छ।
प्रतिक्रिया
