वैदेशिक रोजगार : जब डिस्क्रिप्सन अनिवार्य

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आज साउन १४ गतेदेखि विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १३ गते मन्त्रिस्तरीय निर्णय गर्दै गन्तव्य मुलुक जाने सबै कामदारका लागि कामको प्रकृतिको विस्तृत विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

मन्त्रालयका अनुसार गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, कामको प्रकृति तथा अन्य सुविधासम्बन्धी रोजगारदाता र कामदारबीच भएका सम्झौताहरूको प्रमाणीकरणलाई थप प्रभावकारी र पारदर्शी बनाउन यो व्यवस्था लागू गरिएको हो।

नयाँ व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने कामदारले कुन कामका लागि विदेश जान लागेको हो भन्ने स्पष्ट विवरण श्रम स्वीकृतिको प्रक्रियामै अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। मन्त्रालयले यसबाट कामदारको अधिकार संरक्षण, श्रम शोषण न्यूनीकरण तथा विदेश पुगेपछि काममा हुने फरकपनसम्बन्धी समस्या कम हुने अपेक्षा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर